पोखरा । यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार असार दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने गरी अरु आवश्यक कामलाई तीव्र पारिएको छ ।
५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको छ । गएको वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष अलि छिटो नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । गएको चैत १५ गतेदेखि सञ्चालन भएको यसवर्षको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
This will close in 3 seconds
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिसको जोखिम उच्च
निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी यी हुन्
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
यी स्थानमा भारी वर्षाको सम्भावना
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग