सेनामा भर्ती गरिदिन्छु भन्दै ठग्ने पोखराका थापा पक्राउ

ठगी

सेनामा भर्ती गरिदिन्छु भन्दै ठग्ने पोखराका थापा पक्राउ

बाग्लुङका किशोरको एक लाख ७० हजार ठगी

thapa

पोखरा । नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापा छन् ।

प्रहरीका अनुसार थापाले आफू आर्मी फिटनेस सेन्टरको सञ्चालक रहेको र नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेकोले नेपाली सेनामा सजिलै भर्ती गराईदिन्छु भन्दै बाग्लुङका एक किशोरसँग पटक पटकमा एक लाख ७० हजार रुपैयाँ लिएका थिए ।

पीडितले युवकले उजुरी गरेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले थापालाई शनिबार जिरोकिमीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाबिरुद्ध जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds