दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ ।
दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको बताइन्छ । पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको छ ।
तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । पुलमा ५ जना व्यापारीका १३ वटा खच्चड फसेका हुन् । पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।
नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीय बताउँछन् ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम