दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।
उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ ।
निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ