श्रीमतीको हत्या गरी फरार भएका आर्मीका जवान पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका आर्मीका जवान पक्राउ

pakrau

दाङ । दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ परेका छन्।

शनिबार बिहान ८ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–६ कोठामै श्रीमतीको हत्या गरी सेनाका जवान ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए।

उनलाई तुलसीपुरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनले खुकुरी प्रहार गरी आफ्नी श्रीमती २७ वर्षीया टीका बुढाथोकीको हत्या गरेका थिए।

प्रहरीका अनुसार बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds