पोखरामा विद्यर्थाीलाई कुटपिट गरेको भन्दै शिक्षकलाई प्हरीले पक्राउ गरेको छ । गत जेठ १३ गते कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई शिक्षक सुदीप अधिकारीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग (पछाडि) लठ्ठीले प्रहार गरी घाइते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक जिल्ला कास्की रुपा गाउँपालिका वडा नं. ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गर्को कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की जिल्ला अदालतबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
उक्त कसूरमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम