पोखरा । यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ सय २२ जनाले इसिजी, भिडियो एक्सरेको सुविधा लिएका थिए ।
शिविरको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले ग्रामिण भेगमा रहेका जनताहरुलाई लक्षित गरी शिविरको आयोजना गरेकोमा यूनाइटेड क्लब प्रति आभार प्रकट गरे । अध्यक्ष थापाले भने घिरिङ गाउपालिकामा रहेका ग्रामिण भेगका जनता जो कृषिमा निर्भर छन उनीहरुले विरामी भएपनि स्वास्थ्य उपचारका लागि शहर जान भ्याउदैनन उनीहरुका लागि गाउमै आएर निशुल्क रुपमा स्वास्थ्य जाँचको लागि यूनाइटेड क्लब संग सहकार्य गरेर अगाडी वढेका हौ यसबाट पक्कैपनि जनताले लाभ लिनेछन् ।
त्यस्तै पूर्व अध्यक्ष रन वहादुर रानाले युनाइटेड क्लबले पोखरामा महोत्सवको आयोजना गरी ग्रामिण भेगमा रहेका जनताहरुलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना गरेकामा यूनाइटेड क्लब प्रति आभार प्रकट गरे ।
यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखी यूनाइटेड क्लवले स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको र त्यसको निरन्तरता स्वरुप घिरिङमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए । स्थापना कालदेखी हाल सम्म आइपुग्दा विभिन्न ग्रामीण भेगहरुमा पुगी जनताहरुलाई स्वास्थ्य लाभ दिएको उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी नशारोग विभागका प्रमुख सह प्रध्यापक डा. झपिन्द्र पोख्रेलले गाउँका दुर दराजमा रहेका विपन्न वर्गका मानिसहरुलाई लक्षित गरी आयोजना गरिने स्वास्थ्य शिविरले जनताहरुलाई प्रत्यक्ष प्रभाव पार्ने बताए ।
त्यस्तै हाडजोनी तथा नशारोग विशेषज्ञ डाक्टर दिनेश विकले शिविरमा उपलब्ध नभएका औषधकी र हाजोर्नीको अपरेशन गर्नुपर्ने विरामीलाई निशुल्क अप्रेशनको व्यवस्था गर्ने र आर्थिक अभावमा रहेका घिरिङका हाडजोर्नी तथा नशारोगका विरामीलाई उक्त सेवा प्रदान गर्न आफु तयार रहेको बताए ।
यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले यूनाइटेड क्लबले स्थापना कालदेखी वर्षेनी ग्रामीण भेगमा रहेका जो स्वास्थ्यको पहुचबाट टाढा रहेका छन उनीहरुलाई मध्येनजर गरी स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको र सोही अनुरुप घिरिङ गाँउपालिकाका दुर दराजमा रहेका जनताहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।
सो शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सह प्रध्यापक डा. झपिन्द्र पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझा, रेडियोलोजिष्ट सह प्रध्यापक डा. रोशन पंगेनी, जनरल सर्जन डा. आनन्द भट्टराइ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश बिक, पेट छाती मुटुरोग विशेषज्ञ डा. सुदर्शन सुवेदी, डा उज्जवल शाह, डा. ओसीन ढकाल, डा. सागर अधिकारी, शोभाखर पाण्डे, नरहरी पनेरु, सुवास सुवेदी, इश्वर शर्मा, सृजना पौडेल, सन्दिप केसी, सुस्मिता घमाल, ममता थापा, विपना थापा, प्रतिमा गुरुङ, निशानी खत्री, सन्देश पौडेल, डिल बहादुर क्षेत्री, बिजय खड्का, सम्झना पौडेल लगायतले सहजीकरण गरेका थिए ।
क्लबका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लवका सदस्यहरु सन्तोष कार्की, शिव थापा, शान्ति सुवेदी, क्लबका आजिवन सदस्य शुसिला श्रेष्ठ, रिम क्षेत्री लगायतको सहभागीता रहेको थियो ।
घिरिङ गाउँपालिकाको ब्यवस्थापनमा सम्पन्न शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा पोखरा, नरहरि पोलिक्लिनीक पोखरा १० रामबजार र एशिया ओरल एण्ड डेण्टल केयर प्रालि पोखरा ५ जिरो किमिको प्राविधिक सहयोग रहेको थियो ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम