मुगु । मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको छ । उनीहरुको लेक लागेर मृत्यु भएको हो ।
शनिबार छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, कम्फा गाउँका शोभान बुढा, छायानाथ रारा नगरपालिका– १० तल्लेख गाउँका २० वर्षका देवराज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
एक जनाको केही दिन अघि ज्यान गएको थियो । यस्तै एक जना सिकिस्त बिरामी परेका छन् । छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका जीवन बुढाको उपचार भइरहेको छ ।
मुगुमा गएको वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर ज्यान गएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा सङ्कलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गएको वैशाख २५ गते प्रवेश खुला गरेको हो ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते