गण्डकीको मुख्य न्यायाधिवक्तामा पुनः शर्मा

गण्डकीको मुख्य न्यायाधिवक्तामा पुनः शर्मा

IMG_0376

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा शर्मालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

ठ्याक्कै एक वर्ष अघि जेठ १७ गते उनलाई पहिलो कार्यकालमा पनि मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा बेनी नगरपालिकाको प्रमुखमा पराजित भएका थिए । नेपाली कांग्रेसबाट उम्मेदवार बनेको शर्मा नेकपा एमालेका सुरत केसीसँग पराजित भएका हुन् ।

शर्माले म्याग्दीमा नै वकालतको काम गर्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds