पोखरा । पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडक विस्तार अन्तर्गत पोखरा १४ चाउथे चोकदेखि पोखरा विमानस्थलसम्म कालोपत्रे गर्न सुरु गरिएको छ । डेढ किलोमिटर खण्डमा एकतर्फी आधा भाग बुधबार कालोपत्रे गरिएको छ भने आधा भाग शुक्रबार गरिने तयारी छ ।
कालोपत्रे गर्नु अघि सडकमा राखिने बेसलाई २४ घण्टासम्म राख्नुपर्ने भएकाले आधा/आधा गरेर काम गरिएको मुग्लिन—पोखरा सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले बताए । सडक विस्तारसँगै यातायातलाई पनि ध्यान राख्न पर्ने भएकाले काममा ढिलासुस्ती हुने उनको भनाइ छ ।
‘एकतर्फ सवारी साधन हिड्न पर्यो एकतर्फमात्र काम हुन्छ । कहिले सामाग्रीको अभाव हुन्छ, मौसमले पनि साथ दिनुपर्यो,’ उनले भने, ‘कालोपत्रे गर्न सुरु गरेका छौं । सुरुवातमा सात सय मिटर सडक कालोपत्र हुनेछ । बेस तयार भएका ठाउँमा समेत क्रमश मौसमले साथ दिए काम गर्नेछौं ।’
पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको पौडेलले जानकारी दिए । कामले गति लिइरहेको भए पनि बर्खा लाग्न थालेकाले विस्तार कार्य अघि नबढाउने योजना रहेको उनले सुनाए ।
पश्चिम खण्डमा तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर भएपनि हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगति भएको पौडेलले बताए । वित्तिय प्रगति पनि २५/२६ प्रतिशत नै भएको छ ।
जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म खण्ड खण्ड गरेर १५ प्रतिशत सडक कालोपत्रे गरिएको छ । आगामी भदौसम्म म्याद भएपनि डेढ वर्ष भित्र सक्ने लक्ष्य रहेको पौडेलले जनाए ।
‘बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणले काम प्रभावित भएको थियो । ‘सर्वसाधरणका समस्यालाई ध्यानमा राखेर निर्धारित समयमै काम पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।’ पौडेलले भने ।
उनका अनुसार हालसम्म समग्रमा आबुखैरनीदेखि पोखरासम्मको सडक विस्तारको काम ४३ प्रतिशत मात्रै सकिएको छ । पूर्वी खण्डमा ६० र पूश्चिम खण्डमा २५ प्रतिशत मात्रै काम सकिएको छ ।
पूर्वी खण्डको ४१ किलोमिटरमध्ये २४ किलोमिटर दुईतर्फी र ८ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे भएको छ । पश्चिमखण्डका १३ किलोमिटर एकतर्फी कालोपत्रे भएको छ । ८० किलोमिटरमध्ये ४५ किलोमिटर सकडमा कालापत्रे गरिएको छ भने करिब ३५ किलोमिटर बाँकि छ ।
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने भएको छ ।
२०७८ जेठमा सात अर्ब ४० करोड ४६ लाख लागतमा पश्चिम खण्डको निर्माण ठेक्का अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको थियो । सम्झौता अनुसार ०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ । रासस
सम्बन्धित खबर
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम