गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ पोखरा सभागृहमा ५ बजे

सपथ

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ पोखरा सभागृहमा ५ बजे

पत्र आएको आधा घण्टाभित्रै प्रदेश प्रमुखले नियुक्त गरेका हुन्

Niyukti S.P (1)

पोखरा । सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले आजै सपथ लिँदैछन् ।

साँझ ५ बजेका लागि पोखरा सभागृहमा तयारी थालिएको छ । प्रदेश प्रमुखको निवासमा हुने गरेको शपथ बर्खामा हावाहुरी र पानीको त्रासले पोखरा सभागृहमा हुन लागेको हो । यसअघि पनि मन्त्रीहरूको सपथ हावाहुरीले बिथोलिएपछि सभागृहमा गरिएको थियो ।

सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । यसअघि ११ महिना मुख्यमन्त्री भएका उनी यो पटक ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका हुन् ।

यसभन्दा अघि नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सरकार परिवर्तनसँगै नेकपा एमालेका खगराज अधिकारी पुनः मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री पाण्डेले आज आफ्नो सपथसँगै कुन कुन मन्त्री नियुक्त गर्छन् जानकारी बाहिरिसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ