रेवानको आयोजनामा माछापुच्छ्रे गाउँपालिकामा स्वास्थ्य शिविर

रेवानको आयोजनामा माछापुच्छ्रे गाउँपालिकामा स्वास्थ्य शिविर

DSC_0839 health camp–

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सैती घट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखराको आयोजनामा सैती घट्टा स्थित गोरीशंकर मनिपाल माविमा भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । शिविरमा स्वाथ्य जाँच गराए पछि औषधी पनि उपलब्ध गराइएको थियो ।

स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिलातथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथानशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो । प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको आयोजक संस्थाका रेवानका अध्यक्ष भट्टराईले जानकारी दिए । न्युन आएका भएकाहरुलाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पताल संग सहकार्य गरेर थप उपचारमा सहयोग गर्ने पनि उनले अध्यक्ष भट्टराईले बताए ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पौडेलले बताए । स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकहरुले विभिन्न रोगको चेकजाँच गरेका थिए ।

रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीय माझ स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य चेक जाँच हुनु प्रशंसा योग्यका म भएको बताउँदै निरन्तरता दिनु पर्ने बताए । आर्थिक अभावका कारण थप उपचारमा समस्या आए रेवानले उपचारमा सघाउने पनि उनले बताए ।

मछापुच्छ्रे गाउँपालिका ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा स्वास्थ्य शिविर आयोजना गरेकोे स्थानीय जनताले स्वास्थ्य लाभ लिन पाएको बताए । दुर्गम गाउँका स्थानीय नियमीत स्वास्थ्य जाँच गराउन सहर जान नसक्ने भएकोले यस्ता कार्यक्रम निरन्तर दिन पनि उनले सुझाए ।

कास्कीको सिदीङबाट ३ घण्टा हिडेर आएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा स्वास्थ्य सेवा दिएकोले उपचारका लागि सहर जान नपर्दा खुशि लागेको सुनाए । आँखा कम देख्ने र घुँडाको समस्या भएकोले स्वास्थ्य शिविर हुँदैछ भन्ने थाहा पाएर बिहानै हिँडेर उपचारका लागि आएको पनि उनले बताए ।

सैती घट्टाकी सिता गुरुङ पाठेघरको समस्या, मसिना अक्षर नदेख्ने गरी आँखाको समस्या भएकोले स्वास्थ्य शिविरमा उपचार गराउन गएको सुनाइन् । आँखाको चेकजाँच पछि शिविरमा चस्म पनि उपलब्ध गराएको सुनाइन् । स्थानीय तथा गौरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले विकट गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धेरै खुशि लागेको बताए ।

स्वास्थ्य उपचार आएकाहरु मध्ये ४० वर्ष भन्दा कम उमेरका मान्छेहरुमा पनि चिनी रोग, उच्च रक्तचाप, मृगौला रोग र मुटु रोग देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले बताए । यस्ता रोगहरु आहार बिहारमा ध्यान नदिँदा हुने उनले बताए । यस्तो समस्या देखिएका बिरामीले आफ्नो आहार विहारमा विशेष ध्यान दिनु पर्ने उनले सुझाए । खानामा नुनको मात्र कम्तीमा तीन ग्रामभन्दा कम, रातो मासुको मात्र कम, प्रशस्त मात्रामा शारिरिक व्यायम नियमीत रुपमा गर्न डा. पौडेलले सुझाए ।

कार्यक्रममा स्थानीय समाज सेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताए । मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्ण मोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराउनु भएका स्थानीयलाई अस्पतालले विभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds