पोखरा । पोखरा महानगरपालिका वडा नं.२५ मा सञ्चालित वडा नागरिक आरोग्य कार्यक्रमको पहिलो चरण समापन भएको छ । ३० वैशाख २०८१ देखि जेठ १२ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रमको पहिलो चरण समापन गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले जानकारी दिए ।
पहिलो चरणमा १ हजार १८४ ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष तिम्सिनाले बताए । ‘हामीले पहिलो चरणमा ज्येष्ठ नागरिक, अशक्त र दिर्घरोगीहरुको स्वास्थ्य परीक्षण गरेका छौँ, अध्यक्ष तिम्सिनाले भन्नुभयो, यस क्रममा वडामा रहेका यी वर्गहरूको वास्तविक स्वास्थ्य अवस्था बुझ्ने अवसर मिलेको छ, हामी आगामी दिनमा थप तयारीका साथ प्रभावकारी ढङ्गले कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्नेछौँ ।’ अभियानका क्रममा ज्येष्ठ नागरिकहरूको ब्लड प्रेसर, सुगर, अक्जिनको मात्रा, शारीरिक तथा मानसिक अवस्था, औषधी सेवन गरिरहेकाहरूको हकमा औषधीको मात्रा र नियमितता लगायत विषयहरूमा चासोका साथ परीक्षण गरिएको उनले बताए ।
अभियानको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवि गुरुङले कार्यक्रम निकै प्रभावकारी भएको बताए । कार्यक्रमको प्रभावकारिताले आफूहरूलाई यस प्रकारका लोककल्याणकारी कार्यक्रमहरू सञ्चालनमा थप हौसला मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रमलाई महानगरभरि नै विस्तार गरी सबै नागरिकहरूको पहुँचमा विस्तार गर्ने उहाँले विश्वास समेत दिलाए ।
पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले नागरिकहरूको स्वास्थ्य प्रति जनप्रतिनिधिहरू संवेदनशील रहेको बताए । पोखरा १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले उमेर र अवस्थाका कारण अस्पतालसम्म पुगेर उपचार गर्न नसक्नेहरूका लागि यस प्रकारको कार्यक्रम निकै फलदायी र प्रभावकारी हुने बताए । पोखरा १ का वडा अध्यक्ष साहारा प्रधानले एउटा आवश्यकताको सुरुवात पोखरा २५ ले गरेको भन्दै यसलाई शिक्षाको रूपमा लिनु पर्ने बताए ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले आमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवाको पहुँच आवश्यक रहेको उनले बताए ।
दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच, उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले बताए । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चाल्न आवश्यक रहेको उनले बताए । वडा कार्यालयको अभियान प्रति ज्येष्ठ नागरिक समाजले खुसी व्यक्त गरेको छ ।
कार्यक्रम सञ्चालन पूर्व घरधुरी सर्वेक्षण गरिएको थियो । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरूमा वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुद्धारा जानकारी लिने र आवश्यक परामर्श दिइएको वडा कार्यालयले जनाएको छ । उनीहरूलाई एक महिनाका लागि आवश्यक पर्ने औषधी समेत निःशुल्क प्रदान गरिएको थियो । तीन वटा क्लस्टर बनाएर सञ्चालन गरिएको कार्यक्रम प्रत्येक तीन तीन महिनामा अभियानका रूपमा सञ्चालन गर्ने तयारी वडा कार्यालयको छ ।
यसअघि २०८१ वैशाख ३० मा अभियानको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पाइलट प्रोजेक्टको रूपमा वडा नं.२५ बाट सुरु गरिएको कार्यक्रमलाई क्रमशः महानगरका अन्य वडाहरूमा समेत विस्तार गर्दै लैजाने बताएका थिए । ‘हामी आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा छौँ, स्वास्थ्य महानगरको पहिलो प्राथमिकतामा छ ।’ उनले भने ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते