पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३५ औं स्थापना दिवसको अवसरमा पोखरामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले आयोजना गरेको शिविर पोखराको पृथ्वीचोक स्थित शिव टोलमा संचालन गरिएको थियो।
पार्टीको स्थापना दिवस जनताको सेवा गर्दै मनाउने हेतुले नि:शुल्क स्वास्थ्य शिविर राखिएको राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले बताए। “हामी जस्ता राजनीतिक दलहरुबाट जनताले अपेक्षा गर्ने भनेकै सेवा हो ” उनले भने ” राप्रपा कास्की सधैं जनता संग नजिक भएर काम गरिरहेको छ। “
संगठनले पद्म नर्सिङ्ग होम प्रालिको विशेष सहयोगमा पोखरा पृथ्वीचोकको शिव टोलमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको हो ।
स्वास्थ्य शिविर कार्यक्रमबाट करिब ५०० जना लाभान्वित भएको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीका अध्यक्ष राजेश पोखरेलले बताए।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते