२० अर्बभन्दा बढी शुल्क बुझाउन बाँकी रहेको एनसेलले बल्ल चार अर्ब बुझाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणमा लाइसेन्स नवीकरण गर्नुपर्ने भएपछि यति रकम बुझाएको हो। कम्पनीले सोमबार चार अर्ब रूपैयाँ बुझाएर लाइसेन्स नवीकरण गरिदिन पत्राचार गरेको प्राधिकारणले जनाएको छ।
कम्पनीले किस्ताबन्दीको सुविधा माग गरेको छ। कम्पनीले पाँच किस्तामा रकम बुझाउने माग गर्दै पत्र लेखेको बताइन्छ । ‘
प्राधिकरणले गत जेठ ४ गते एनसेललाई तेस्रो नवीकरण बापतको शुल्क बुझाउन पत्र पठाएको थियो। सोमबार पुनः एनसेललाई एकमुष्ठ रकम बुझाउनुपर्ने भन्दै प्राधिकरणले पत्र पठाएको छ।
आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा परेको हुँदा एनसेलले भोलि (बुधबार)सम्म सम्पूर्ण रकम भुक्तानी गरे नवीकरण हुन्छ। नभए कम्पनीलाई १५ प्रतिशतको दरले थप तीन अर्ब जरिवाना लाग्ने प्राधिकरणले जनाएको छ।
सम्बन्धित खबर
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते