मर्दी खोलामा पाैडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

मर्दी खोलामा पाैडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

dubera-death

पोखरा । मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका ५ रिभान आनन्दठाँटीका ४९ वर्षीय शिवबहादुर थापा मगरको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा खोलाबाट शव बाहिर निकालेर पोष्टमार्टमका लागि पोखरा ल्याइएको कास्की प्रहरीले बताएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ