सिंह शार्दूल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाद्वारा नि:शुल्क स्वास्थ्य शिविर गरिने भएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -३ स्थित नेपाली सेनाको आँधिखोला ब्यारेकले स्वास्थ्य कार्यालय स्याङ्जा, स्याङ्जा अस्पताल, भिरकोट स्वास्थ्य चौकी र बिरुवा गाउँपालिकासङ्गको समन्वय, सहयोग र सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको ब्यारेकका सेनानी पुरुषोत्तम कार्कीले जानकारी दिए ।
बिरुवा गाउँपालिका -८ मेथाभुरुङ स्थित भिरकोट स्वास्थ्य चौकीमा यहि जेठ १६ र १७ गते सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा रहेका नागरिकको स्वास्थ्य परिक्षणका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सेनानी कार्कीले बताए ।
उनले शिविरमा पेट, छाती तथा मुटु रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, आँखा, नाक, कान र घाँटी रोग, स्त्रीरोग तथा प्रसुती सेवा, दन्त चिकित्सक सेवा, विशेषज्ञ टोलिबाट बालरोग सेवा, भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते