चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो (अपडेट)

चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो (अपडेट)

accident

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइतबार राति दुर्घटनामा परेका बस । चार सवारी साधन एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । तस्बिरः कृष्ण आचार्य /रासस

चितवन । चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

गएराति नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते थप एक जनाको मृत्यु भएको हो ।

सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्रकका सहचालक हुन् ।

यसअघि अन्दाजी १६/१७ वर्षका किशोरको मृत्यु भएको थियो । उनको सनाखत हुन सकेको छैन ।

उक्त दुर्घटनामा २१ जना घाइते छन् । उनीहरूको उपचार भइरहेको उनले बताए ।

काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ आउँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ८९६८ नं.को बस ठक्कर खाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds