भारतमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

भारतमा गेम जोनमा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु

Gaming-Zone

भारतको गुजरातमा एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ ।

शनिबार अपराह्न साढे ४ बजेतिर गुजरातको राजकोट शहरमा रहेको कालावड रोडस्थित टीआरपी गेम जोनमा आगलागी भएको हो । आगो ३ घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने काम सकेर खोजी तथा राहत वितरणको काम भइरहेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीका अनुसार गर्मी बिदा र सप्ताहान्तका कारण मनोरञ्जनका लागि थुप्रै बालबालिका र उनीहरुका अभिभावक थिए । त्यहाँ केही स्थानमा मर्मत र स्तरोन्नतीको काम भइरहेको थियो । त्यसैले प्लाई र काठका टुक्रा यत्रतत्र छरिएका थिए । त्यही बेला एक्कासी आगो देखिएको थियो । यद्यपि आगलागीको कारण खुलेको छैन ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत र घाइतेको उपचारमा ५० हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds