तनहुँको व्यास नगरपालिका मेयरको पुनःमतगणना आउँदो असार २ गते

तनहुँको व्यास नगरपालिका मेयरको पुनःमतगणना आउँदो असार २ गते

byas-nagarpalika

तनहुँ । तनहुँको व्यास नगरपालिका मेयरको पुनःमतगणना आउँदो असार २ गते हुने भएको छ । उच्च अदालत पोखराले गएको जेठ १ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै असार २ गते पुनःमतगणना हुने जनाएको हो । उच्च अदालत पोखराको सभाहलमा असार २ गते बिहान १० बजेदेखि मतगणना गर्न सुरु हुनेछ ।

मेयरका उम्मेदवार दीपकराज जोशीले मतगणनामा धाँधली भएको भन्दै २०७९ साल जेठ १२ गते निर्वाचन आयोगसहित पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । रिटमा अन्तिम सुनुवाई गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको थियो ।

जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका थिए । कांग्रेसका न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्यौपाने तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार थिए भने जोशीलाई एमालेले सघाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds