स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
बुद्ध जयन्ती तथा क्लबको वार्षिकोत्सबको अवसरमा भिरकोट खेलमैदानमा आयोजित रमाइलो मेलाको मुख्य आकर्षणको रुपमा युवाहरु लक्षित खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देशका साथ भिरकोट खेलमैदानमा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा रमाइलो मेला आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।

लिग सिस्टम अनुसार खेलाइने उक्त भलिबल प्रतियोगितामा ट्रफी, मेडल र प्रमाणपत्र सहित विजेताले एक लाख १० हजार रुपियाँ, उपविजेताले ६५ हजार , तृतीयले ३५ हजार र सान्त्वनाले २५ हजार प्राप्त गर्नेछन् ।
यसैगरी, प्रतियोगितामा विभिन्न विधा अन्तर्गत उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, कुइकर, ब्लकर, डिफेन्डर र सर्भरलाई ट्रफी, मेडल एवं प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुरज खाँण ठकुरीले बताए ।
यहि २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गर्दै भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले खेल अनुशासन र सभ्य तरिकाले संचालन गर्न आग्रह गरेका थिए । उनले खेलका माध्यमबाट देशको शिर उच्च बनाउन सकिने जनाउँदै भिरकोटमा आयोजित प्रतियोगिता देशकै उदाहरणीय प्रतियोगिताको रुपमा चिनाउन सबै लागि पर्नुपर्ने बताएका थिए ।
सम्बन्धित खबर
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध