काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताएका छन् ।
मूलधारका मिडियाका ३१ सम्पादकहरुको संयुक्त पत्र बुझ्दै प्रधानमन्त्री दाहालले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको जानकारी दिए ।
सम्पादकहरुको तर्फबाट प्रतिनिधिको रुपमा प्रतीक प्रधान, अमित ढकाल, मदन लम्साल र पुष्प दुलाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । प्रधानका अनुसार प्रधानमन्त्री दाहालले सम्पादकहरुबाट ध्यानाकर्षण पत्र बुझ्दै भने,‘म तपाईंहरुको माग प्रति संवेदनशील छु । अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ ।’
सत्ताको दुरुपयोग गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको भन्दै सम्पादकहरूले बुधबार प्रधानमन्त्रीलाई पाँचबुँदे पत्र बुझाएका हुन् ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ