स्याङ्जामा यस वर्ष १० हजार ९३ जना बालबालिकाका लागि यहि जेठ १३ गतेदेखि २६ गतेसम्म आइपिभी खोप लगाइने भएको छ ।आइपिभी खोप अभियान सञ्चालन भएसङ्गै २०७३ साल वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएर पोलियो रोग विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्लाका ११ वटै स्थानीय तहमा आइपिभी खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय स्याङ्जाले आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंले जानकारी दिए ।
बालबालिकालाई आइपिभी खोपबाट बन्चित नहोउन् भन्ने उद्देश्यका साथ ४ सय ५० भन्दा बढी स्थानमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक खटाइने कार्यालय प्रमुख चापागाईंले बताए । स्वास्थ्यकर्मीहरुले विद्यालय, स्वास्थ्यचौकी तथा बालबालिकाको पहुँच पुग्ने ठाउँमा पुगेर खोप लगाउने उनको भनाइ थियो ।

आइपिभी खोप अभियान सम्बन्धि स्वास्थ्य कार्यालय स्याङ्जाको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समिती तथा संचारकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रममा जिल्लाका सम्पुर्ण स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसङ सहकार्य गरि खोप अभियानलाई प्रभावकारी बनाइने खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले बताए ।
नेपालभर यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्नका लागि आइपिभी खोप अभियान सञ्चालन गरिएको जनाउँदै स्याङ्जामा पनि सबै बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला