पोखराको गैह्रापाटन स्थित सञ्चालनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लि. ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
कास्की प्रहरीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २९ पट्नेरी बस्ने वर्ष ४६ का उत्तम मगरलाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार प्राइमका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरी अनुसार सहकारी ठगी कसुरमा पक्राउ गरेको हो ।
प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतबाट मगरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी बसन्त शर्माले जानकारी दिए ।
प्राइम सहकारी ठगी आरोपमा यसअघि नै ८ जना पक्राउ परिसकेका छन् ।
सम्बन्धित समाचारः
पोखराको प्राइम सहकारी ठगी प्रकरण: कोइरालासहित ८ जना पक्राउ, ५५ जना दोषी !
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते