गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच वाकयुद्ध नै चलिरहेको बेला नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गगनको बचाउमा उत्रिएकी छन् ।
रवि र गगनबीच संसद्देखि सामाजिक सञ्जाल र सडकमासमेत टकराव देखिएका बेला रामकुमारीले गगनलाई साथ दिँदै उनको बचाउ गरेकी हुन् ।
२०६२/६३ ताका भएको दोस्रो जनआन्दोलनका बेला तत्कालीन शाही शासकविरुद्ध एकै मोर्चामा उत्रिएका गगनलाई रामकुमारीले युवाहरूको राजनीतिक आइकन भनेकी हुन् ।
आइतबार मात्रै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले गगनमाथि दर्जनभन्दा बढी आरोप लगाएको अवस्थामा रामकुमारीले हेक्का राख्न चेतावनी दिएकी हुन् ।
‘गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो’, रामकुमारीले भनेकी छन्, ‘गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयम् आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस ।’
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते