काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।
इरान सरकारले हेलिकप्टरमा सवार राष्ट्रपति रायसीसहित विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानलगायतको निधन भएको जनाएको छ ।
हेलिकप्टरमा अंगरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार रहेको बताइएको छ ।
हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री लगायत सबै जनाको निधन भएको त्यहाँको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ ।
हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा आज बिहान फेला परेको थियो ।
दुर्घटना लगत्तै उद्धार टोली परिचालन गरिएको थियो । तर खराब मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो । अहिले पनि दुर्घटनास्थल पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा मौसम खराब रहेको छ ।
क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए ।
उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए । यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते