गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, ४ भदौ । पोखराको व्यापारिक क्षेत्र न्युरोड स्थित दुई पसलमा मध्यरात आगलागी हुँदा २५ लाख बढीको क्षति भएको छ ।
पदमबहादुर गुरुङको घरको सटरमा नविन श्रेष्ठले सञ्चालन गरेको सोलार पसलमा आगलागी भएका हो । नव सनस्टार ट्रेडर्स सोलार पसलको सामान जलेर अन्दाजी १५ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।
आडैको चन्द्र बहादुर गुरुङको घरको सटरमा कोपिला नेपालीले सञ्चालन गरेको किराना पसलमा समेत आगलागीले क्षति पु¥याएको छ । किराना पसलमा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएको राति २ बजेको समयमा विद्युत सर्ट भइ आगलागी भएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्लको नेतृत्वमा गएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा ३ बजेर २० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति भएको छैन ।
तस्बिरः प्रकाश घिमिरे
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु