नि:शुल्क बाल स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

नि:शुल्क बाल स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित

arjunchaupari_health

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको नि:शुल्क बाल स्वास्थ्य शिविरमा तीन सय एघार जना बालबालिकाहरु लाभान्वित भएका छन् ।

शनिबार सम्पन्न शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(गण्डकी अस्पताल)का वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला, वरिष्ठ दन्त रोग विशेषज्ञ डा. भावना सिग्देल र ए एन्ड बि इन्टरनेशनल हस्पिटलका मेडिकल अधिकृत डा. अभिषेक रमण पराजुलीले नि:शुल्क चेकजाँच सहितको सेवा प्रवाह गरेको गाउँपालिकाले जनाएको छ ।

पालिकाले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा दाँतसम्बन्धी रोगका ११८ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको र बालरोगका १९३ जना बालबालिकालाई परिक्षण गरि आवश्यक परामर्श तथा चिकित्सकीय सेवा उपलब्ध गराइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds