काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९ मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् ।
ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् । अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको छ ।
प्रहरीका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।
प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा हास्य कलाकार महरासहित ३ जनाको मृत्यु
आजको मौसम कस्तो रहन्छ?
रौतहटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते
आजको मौसम
रवि लामिछानेलाई पोखराबाट काठमाण्डौ हुँदै वीरगन्ज पुर्याइयो
दुई छोरासहित आमा झुन्डिएको अवस्थामा मृत फेला
यो पनि पढौँ
सुनचाँदीको मूल्य घट्यो
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ