गायक रवि ओड ५ लाख धरौटीमा रिहा

गायक रवि ओड ५ लाख धरौटीमा रिहा

rabi od

कञ्चनपुर । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।

कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो ।

नेपाल आइडल सिजन २ का विजेतासमेत रहेका ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds