कञ्चनपुर । कञ्चनपुरमा एक पूर्व शिक्षकको हत्या भएको छ ।
बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्वशिक्षक ६४ वर्षीय लक्षी चन्दको बुधबार राति ढुंगा प्रहार गरेर हत्या भएको हो ।
उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीकाअनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ ।
आक्रमणबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा चन्दको मृत्यु भएको हो ।
भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते