पाल्पा । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।
नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप बुधबार बेलुका र बेलुका पौने ६ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटना परी मृत्यु निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।
घाइतेहरुको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । जिपमा १५ जना सवार थिए ।
दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते