ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा

ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी नियन्त्रणमा

jcb

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार दिउँसो ३ बजे ईदिखोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट भेडावारी कास्कीबाट खटिएको प्रहरी टोलिले ना १ क ४७४२ नम्बरको जेसिवी र चालकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा रहेको जेसिवी र चालकलाई आवश्यक कारवाहीका लागि माछापुच्छ्रे गाउँपालिकालाई बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds