१७ दिनकी सुत्केरीको हत्या, श्रीमान् पनि मृत फेला

१७ दिनकी सुत्केरीको हत्या, श्रीमान् पनि मृत फेला

death body

सल्यान । सल्यानमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्।

मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका –४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीय श्रीमती केवली राना मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार केवली १७ दिनकी सुत्केरी थिइन्। प्रहरीको प्रारम्भीक अनुसन्धानबाट श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको देखिएको छ।

श्रीमतीको सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या भएको र श्रीमान् घर नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
राना दम्पत्तीका दुई छोरा र दुई छोरी पनि छन्।

हत्या भएको थाहा पाएपछि ५ वर्षीय जेठा छोराले बिहान करिब ४ बजेतिर आफ्ना ठूला बुवाको घरमा पुगेर जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर भएको थियो।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक केशव मानसिक रूपमा अस्वस्थ र धेरै मापसे गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds