पोखरा । पोखरा महानगरपालिका वडा नं.२५ मा वडा नागरिक आरोग्य कार्यक्रम शुभारम्भ गरिएको छ । घर घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरी उक्त कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष मोतीलाल तिम्सिनाले बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थितिमा सुरु गरिएको अभियानको पहिलो दिन ७१ परिवारका एक सय बढी ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको छ । प्रयोगशाला परीक्षण सहितको उक्त सेवाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था पत्ता लगाउन र आवश्यक परेको खण्डमा उपयुक्त स्वास्थ्य सेवा तथा परामर्श दिन सहज हुने प्रमुख आचार्यले बताए ।
‘पाइलट प्रोजेक्टको रूपमा अहिले यो कार्यक्रम वडा नं.२५ बाट सुरु गरिएको छ, प्रमुख आचार्यले भने, यसको प्रभावकारी हेरेर क्रमशः अन्य वडाका अलवा महानगरपालिका भरि नै विस्तार गरिने छ ।’ आफूहरू आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेटको तयारीमा रहेको बताउँदै उनले स्वास्थ्य महानगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण घरघरमा र अन्यको हकमा महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला परीक्षणको सुविधा सहित सेवा प्रदान गरिने उनले बताए ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले स्वास्थ्य सम्बन्धी जागरण नागरिक स्तरमा आवश्यक रहेको बताए । स्वास्थ्यकर्मीहरूको एकल प्रयासले मात्र नागरिक सचेतना अभिवृद्धि सम्भव नरहेको उल्लेख गर्दै उनले अमसरोकारवालाहरु हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । स्वस्थ महानगर निर्माणका लागि सबै नागरिकहरूमा स्वास्थ्य सचेतना र सेवा पहुँच आवश्यक रहेको उनले बताए ।
पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले यस कार्यक्रमका लागि यसअघि नै घरधुरी सर्वेक्षणको काम सकिएको बताए । दीर्घ रोगी तथा ज्येष्ठ नागरिकहरूको अवस्था, उनीहरूको स्वास्थ्य, औषधी सेवनमा नियमितता लगायतका विषयहरू वडाबाट खटिएका स्वास्थ्यकर्मीहरुले जानकारी लिने उनले बताए । ज्येष्ठ नागरिकहरूको प्रेसर, अक्सिजन लेबल, मधुमेह लगायतको परीक्षण समेत गर्ने कार्यक्रम रहेको उनले बताए । अध्यक्ष तिम्सिनाका अनुसार यस कार्यका लागि वडालाई तिन वटा क्लस्टरमा विभाजन गरी काम थालिएको छ ।
दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूलाई घर मै स्वास्थ्य सेवाको पहुँच उनीहरूको जीवनलाई सुखी र खुसी सहित तनावमुक्त बनाई थप उपचारको आवश्यकता देखिएका ज्येष्ठ नागरिकहरूलाई सुविधा सम्पन्न सेवा क्षेत्रमा प्रेषण गर्ने उद्देश्यले यस प्रकार कार्यक्रमको थालनी गरिएको हेमजा स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेव कुश्मराज सुवेदीले जानकारी दिए । कार्यक्रमका क्रममा दीर्घ रोगी र ज्येष्ठ नागरिकहरूको नियमित फ्लोअपका लागि सम्बन्धित स्वास्थ्य संस्थाहरूमा जानका लागि उचित परामर्श समेत दिइने उनले बताए । मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई सार्थक बनाउन प्रभावकारी कदमहरू चालिने उनले बताए ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते