सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज निर्वाचित

सुन्तला सुपरजोन स्याङ्जाको अध्यक्षमा बोधराज निर्वाचित

Bodhraj arl syj

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत सुन्तला सुपरजोन संचालन समन्वय समिति, स्याङ्जाको अध्यक्षमा बोधराज अर्याल निर्वाचित भएका छन् ।

वैशाख २९ गते सम्पन्न चौथो अधिवेशनले अर्यालको अध्यक्षतामा नौ सदस्यीय समिति निर्वाचित भएको हो । समितिको सदस्यमा तिरमाया गुरुङ, शालिग्राम अर्याल, लक्ष्मीप्रसाद बराल, हिमकला शर्मा, सुरेन्द्रप्रसाद रेग्मी, दिलबहादुर राना, हुमनाथ लामिछाने र खिमा शर्मा निर्वाचित भएको हो भने अन्य पदाधिकारीहरु अध्यक्ष अर्यालले बनाउनेछन् ।

समन्वय समितिको चौथो अधिवेशनमा ३५२ मत मध्ये २४३ मत खसेकोमा बोधराज अर्यालले १९० मत, मुक्ति अधिकारीले ३६ मत, लेखनारायण कोइरालाले दुई मत प्राप्त गरेका थिए भने १५ मत बदर भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds