पोखरा । कास्की प्रहरीले सवारी जाँचपास फेल भएका ९ र जाँचपास नभएका २ गरी ११ गाडी नियन्त्रणमा लिएको छ ।
बुधबारदेखि अभियानकै रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रहरी टोली खटाइ सवारी साधन चेकजाँच तथा कारबाही प्रक्रिया तीव्र पारेकोमा बिहीबार ११ साधन फन्दामा परेका हुन् ।
सार्वजनकि भाडाका सवारीसाधनले समयमा सर्भिसिङ नगर्ने, सवारीसाधनको जाँचपास नगर्ने र कालो धुँवा फाल्ने गरी मानव स्वास्थ्यमा असर पारेको जनगुनासो बढेपछि अभियानकै रुपमा सो कारबाही प्रक्रिया थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बताए ।
यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको टोलीले बुधबार विपीचोकमा प्रदुषण अनुगमन एवं चेकजाँच गर्दा डिजेलबाट संचालित ३५ सवारीसाधनमध्ये ३० वटालाई सवारीसाधन मापदण्ड विपरीत फेल भएको पाइएकोले उक्त सवारीसाधन नियन्त्रण लिई थप कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते