सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका–१ को बाराउद्योरण गाउँमा आगलागी हुँदा ६५ घर जलेर नष्ट भएका छन् ।
हिजो दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्यास सिलिन्डर विस्फोट हुँदा गाउँका ६५ घर जलेका वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए ।
हिजो दिउँसो १ बजेतिरबाट शुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले वारुणयन्त्र, चापाकलको पानीको सहारामा झन्डै चार घण्टापछि निभाइएको थियो । फुसको र खपडाको छानासहितका घर धेरै भएकाले आगो चाँडै फैलिएको हो ।
विष्णु गाउँपालिकाका प्रमुख जवाहरलाल यादवले आगलागीबाट एक सयभन्दा बढी घरमा क्षति पुगेको र भर्खरै भित्र्याएको गहुँलगायत अन्नबाली, लत्ताकपडा जल्नुका साथै धेरै पशुचौपयासमेत जलेका बताए । अहिले क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते