पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको आदेशबाट केही राहत पाएको अधिकारी नेतृत्वको सरकार अहिले विश्वासको मत लिने तयारीमा जुटेको छ ।
यद्यपी, बहुमत सदस्यको विश्वास मत नपाउने सम्भावना बढेको छ । निर्णायक शक्ति मानिएको राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत दिन नसकिने बताएपछि गण्डकीमा सत्ता संकट लम्बिने देखिएको हो ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्रीले २३ गते विश्वासको मत लिने तयारी गरिरहेको बताएका छन् । निर्णय नभइसकेपनि तयारी २३ वैशाखमै लिने रहेको उनले बताए ।
चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएकाले उनले संविधान अनुसार वैशाख २४ गतेभन्दा अगाडि विश्वासको मत लिनुपर्ने व्यवस्था छ । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम