इलाम-२ मा आइतबार दिउँसोदेखि मतगणना जारी छ। अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको इलाम २ मा शनिबार भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो। अझै पनि ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ।
मतगणनाको झण्डै २० घन्टा पूरा हुँदा २२ हजार हाराहारी मत गणना भएको इलाम २ मा सोमबार भने गणक टोली थप्ने तयारी भएको छ।
सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सकेसम्म छिटो गणनाा सक्ने योजनामा छ। ‘हिजोदेखि दुई ठाउँमा गणना भइरहेको छ’, श्रेष्ठले भने, ‘अहिले दलहरूसँग सल्लाह गरेर थप एक ठाउँ थप्ने तयारी छ।’
अहिलेसम्म फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गणना गर्दा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
एमाले नेता सुवास नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन भएको थियो।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते