स्याङ्जाको पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चितता नगर घोषित भएको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता गरिएको हो ।
पालिकालाई `शिक्षा स्वास्थ्य र पुर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता´ भन्ने मुल नारासहित पूर्ण खोप सुनिश्चितता नगर घोषित गरिएको हो ।
पालिकाभित्रका सबै बालबालिकालाई पाउनुपर्ने खोप उपलब्ध गराइसकेपछी पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । उनले घरधुरी सर्वेक्षणपछि नगरभित्र १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र ७ पटकमा १३ प्रकारका खोप लगाइएको बताए । नगरप्रमुख रेग्मीले राज्यले बाल मृत्युदर घटाउनका लागि हजारौं लगानी गरेको बताउँदै उपयोग गरि स्वास्थ्य लाभ लिन सुझाव दिए ।
उक्त कार्यक्रममा राष्ट्रिय खोप तालिकाअनुसार नगरभित्रका सबै बालबालिकालाई खोप उपलब्ध गराउनुपर्नेमा नगर उपप्रमुख देवी अर्यालले जोड दिएकी थिइन् ।
पुतलीबजार नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका १६ देखि ५९ महिनासम्मका एक हजार ८२२ जना बालबालिकालाई पूर्ण खोप लगाइएको जनाएको छ । नगर स्वास्थ्यको तथ्यांकअनुसार नगरभित्र वर्षेनि चार सय देखि पाँच सयसम्म शिशु जन्मने बताइएको छ ।
सम्बन्धित खबर
बोलेरो जीप दुर्घटना, ३०० कुखुरा मरे
आगलागीबाट तीन लाख बराबरको क्षति
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
आँधीखोलामा सर्पदंश प्राथमिक उपचार केन्द्र स्थापना
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन