पोखरा। पोखराको लेकसाइडबाट लागु औषधसहित चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित उनिहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार गत सोमबार पोखरा महानगरपालिका ६ लेकसाइडमा लागु औषधको अवैध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले दिउँसो अन्दाजी २ बजेको समयमा पोखरा ३० शिशुवा निवासी प्रकाश परियारलाई चेकजाँच गर्दा उनको ग १२ प ३१४६ नंवरको स्कुटरको डिक्कीमा लुकाई राखेको अवस्थामा ६ एम्पुल लागु औषध फेला पारेको थियो।
परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा नवलपरासी प्रतापपुर गाउँपालिका ६ पिपरपाति बस्ने वर्ष ४१ को राजकुमार तेली, दाङ घर भइ हाल पोखरा ६ डिकोपाटन बस्ने वर्ष २० की हरिकला घर्ती र सोही स्थान बस्ने वर्ष १८ की दिया बुढा समेतको लागु औषधको कारोवारमा संग्लग्नता देखिएपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको डेराकोठाबाट ८३१ एम्पुल लागु औषध, नाईट्रोभ्याट २९८ चक्की र नगद ३२ हजार ५ सय लगायत विभिन्न कम्पनीका मोवाइल १० थान समेत वरामद गरेको छ।
हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध मुद्दामा १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
सम्बन्धित खबर
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
११ वर्षीया नाबालिकलाई करणी गरेको आरोपमा स्याङ्जाका एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध