पोखरा । सानिमा बैंक लिमिटेड र पद्म नर्सिङ बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।
बैंकका तर्फबाट पोखरा ब्राञ्च मेनेजर पुनित विक्रम राणा र हस्पिटलका तर्फबाट एमडी नरेन्द्र बास्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । बैंकका रिलेशनशीप मेनेजर आरोग्य गुरागाईं तथा हस्पिटलका एड्मिनिस्ट्रेटिभ हेड नरेश पौडेल पनि सहभागी थिए ।
सानिमा बैंकका ग्राहकहरुले ओपिडीसहितका सबै शुल्कमा १५ प्रतिशत, औषधिको शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्ने सानिमा बैंकले जनाएको छ।
बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले मुलुकका विभिन्न शहरहरूका हस्पिटलमा छुटको व्यवस्था गर्दै बताएको छ। सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते