सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

Gold

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ चाँदीको मूल्य भने यथावत् रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो।

आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मको उच्च मूल्य हो।

यसअघि, आइतबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने यथावत् रहँदै १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ