पोखरा । नेपाल शैक्षिक परामर्श संघ कास्की (इक्यान) ले पोखरामा बृहत शैक्षिक बहस कार्यक्रम गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै चैत ३० गते ‘इडीयू ३६०’ नाम दिएर पोखरा सिटी स्कवायर बेनक्यूट न्यूरोडमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराइएको हो ।
एक दिने कार्यक्रममा तीन सेसन हुने (इक्यान) कास्कीका उपाध्यक्ष एवम् संयोजक सन्तोष शाहीले बताए । उनका अनुसार पहिलो र दोस्रो सेसनमा प्यानल डिस्कसन हुनेछ भने तेस्रो सेसनमा मुख्य वक्ताका विचार सुनिनेछ । कार्यक्रममा मुख्य वक्ताको रुपमा महानायक राजेश हमाल आउने जानकारी उनले दिएका छन् ।
अन्य वक्तामा भने गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी विश्वविद्यालयका विज्ञान तथा प्राविधि संकाय (जीपास्ट) का कार्यकारी निर्देशक डा.ढाकाराम भण्डारी, डीन प्रोफेसर डा. कपील अधिकारी र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई रहनेछन् ।
ग्लोबल एजुकेशनका विषयमा शिषाविद, सरकारका प्रतिनिधि, राजनीतिज्ञ, परामर्श व्यवसायी, विद्यार्थी र यो क्षेत्रसँग सरोकार राख्ने सरोकारवालाहरु बीच स्वस्थ छलफल गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको (इक्यान) कास्कीका सचिव कमल बरालले बताए । कार्यक्रममा विश्व बजारमा शिक्षामा भएका परिवर्तन, त्यसको महत्व, नेपाली विद्यार्थी विदेशिनुको कारण, गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिनिर्माणका विषयमा छलफल हुने बरालले बताए ।
बहस कार्यक्रममा विदेशमा अध्ययन गरी नेपाल फर्केकाहरुको समेत अनुभव सुन्न पाइने (इक्यान) कास्कीका अध्यक्ष रमेशकुमार थापाले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावकलाई समेत बोलाइएको छ । वैदेशिक अध्ययनको विषयलाई सकरात्मक तवरले बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष थापाले उल्लेख गरे ।
आयोजकले कार्यक्रम मार्फत बैदेशिक अध्ययनको सकारात्मक प्रभाव बुझाउने कोशिस गर्ने बताएको छ । परामर्श व्यवसायीहरुको अतिरिक्त यस कार्यक्रममा विद्यार्थी, अभिभावक तथा यस क्षेत्रसँग सरोकार राख्ने सम्पूर्ण महानुभावहरुको उपस्थिति हुने आयोजकले जनाएको छ ।
संघले वार्षिक योजनाअनुसार सदस्यहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न तालिमहरुका साथ अन्य नियमित कार्यक्रमहरु आयोजना गर्दै इक्यान कास्कीका पूर्व अध्यक्ष इविन्द्रराज तिवारीले बताए । उनले नेपाली विद्यार्थीहरुको चाहनाअनुसार नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीहरुले विभिन्न देशमा कलेज तथा विश्वविद्यालयमा अध्ययनको लागि परामर्श दिंदै आइरहेका जानकारी दिए ।
व्रिटिस काउन्सिलकाे टाइटल स्पोसरमा रहेको इडियु थ्री सिक्टी (EDU360) कार्यक्रममा अमेरिका स्थित वेवस्टर युनिभर्सिटि (Webster University), एसोसिएट स्पोन्सर रहेको छ भने मुख्य प्रायोजक जि एण्ड के इन्टरनेशनल एजुकेशन कन्सल्टेन्ट (G&K International Education Consultant) रहेको छ ।
त्यसैगरि प्रायोजकहरुमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज (Expert Education & Visa Services, मिराकल इन्सिच्युड (Miracle Institute), राेवुष्ट एजुकेशन (Robust Education) र जे कार्ट (J-Cert) रहेका छन् । इक्यान कास्कीका उपाध्यक्ष तथा कार्यक्रम इडियु थ्रीसिक्टी (EDU360) का संयाेजक सन्ताेष शाहीकाे अध्यक्षमा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव कमल बरालले गरेका थिए । नेपाल शैक्षिक परामर्श संघ शैक्षिक परामर्श व्यवसायीहरुको सबै भन्दा पुरानो र धेरै सदस्यहरु भएको छाता संस्था हो ।
यो संस्था सदस्यहरुलाई एकत्रित गर्दै व्यवसायलाई व्यवस्थित एवं अनुशासित बनाउने उद्देश्यको साथ यसको स्थापना भएको हो । काठमाडौंमा केन्द्रिय कार्यालय रहेको यसको विभिन्न जिल्लाहरुमा शाखा कार्यालयहरु रहेका छन् । जसमा कास्की पनि एक हो ।
यस संस्थाका सदस्यहरुले नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा त्यसको भविष्यको विषयमा पर्याप्त सुचना प्रवाह गर्नुका साथै विभिन्न कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति, सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने कुरालाई नै संघले आफ्नो पेशागत दायित्वको रुपमा लिएकाे छ । यस कार्यमा संघसँग आवद्ध ४६ परामर्शदातृ संस्थाहरु क्रियाशिल रहेका छन् ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम