वारागुङ मुक्तिक्षेत्र गाउँपालिका,मुस्ताङमा साउन २९ गते देखि भाषणकला सम्बन्धि तालिम सुरु भएको छ | गाउँपालिकाको सभाहलमा संचालित उक्त तालिमको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले ब्यानर पढेर कार्यक्रम उद्धाटन गरेका थिए |
पाँच दिन सम्म संचालन हुने उक्त भाषण तथा लेखन सम्बन्धी तालिममा रेडियो,टेलिभिजन तथा स्टेजमा गरेर १५ वर्षको अनुभव बटुलेका गोबिन्द थापा सहजकर्ताको रुपमा रहेका छन् |

तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जनप्रतिनिधिलाई तालिमको लागि अन्यत्र पठाउँदा सिमितले मात्र लाभ लिन सक्ने भएकाले यो पटक गाउँपालिकामा नै कार्यक्रम आयोजना गरेको बताए |साथै यो अवसर बिरलै जुट्ने भन्दै तालिममा कर्मचारी,आमा समुह प्रतिनिधि,युवा क्लब,बाल क्लब,स्थानीय विद्यालयका शिक्षक देखि बिद्यार्थीसम्मलाई भाषण कला तालिममा सहभागी गराइएको जानकारी दिए |
त्यस्तै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले यो तालिमले सहभागीहरु सबैमा बोल्ने कला बिकास भई निर्धक्कका साथ आफ्ना कुराहरु राख्न सक्ने अपेक्षाका साथ सबैलाई सकृयता पुर्वक सहभागी भई प्लेटफर्मको भरपुर उपयोग गर्न आग्रह गरे |
साथै तालिममा सहभागीहरुले पाँच दिन सम्म संचालन हुने यो तालिमबाट आँफुहरुले लेखन तथा भाषण कला क्षमता बिकासमा दख्खल हुने अपेक्षा समेत राखेका छन् |

सम्बन्धित खबर
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन