ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव त्रिशूलीमा फेला

ट्याक्सी दुर्घटनामा बेपत्ता भएका युवकको शव त्रिशूलीमा फेला

Dubera mrityu

File Photo

गोरखा । गत शनिबार ट्याक्सी दुर्घटनामा परेर वेपत्ता भएका गोरखा –७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव आज बिहान त्रिशूली नदीमा भेटिएको छ ।

चैत १७ गते बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा बिवस बेपत्ता भएका थिए भने अन्य पाँच जनाको शव भेटिएको थियो ।

दुर्घटनामा परेर बेपत्ता भएको ५ दिन पछि शशस्त्र प्रहरीको खोजी टोलीले इच्छाकामना गाउँपालिका ६ कालीखोला नजिकै नदीमा पानीले शव घुमाइरहेको अवस्थामा बिवसको शव फेला पारेको हो । शव फेला परेपछि आफन्तहरुलाई बोलाएर सनाखत गरिएको प्रहरीले जनाएको छ ।

आफन्त तथा जनप्रतिनिधीहरुको रोहवरमा लास जाँच मुचुल्का गरेर प्रारम्भिक अनुसन्धान पुरा गरी शव परीक्षणका लागि गोरखा पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चैत १६ गते क्यान्सर रोगबाट मृत्यु भएका बुवा शंकर रोकाको अन्तिम संस्कार गरेर गोरखा फर्कने क्रममा सो ट्याक्सी दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds