पोखरा । देशका केही स्थानमा आज सोमबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
अहिले देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
देशका धेरै ठाउँमा मौसम बदली, पहाडी भेगका केही ठाउँमा हल्का वर्षा
गण्डकीसहित तीन प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान
एक सातापछि देशैभरि चिसो बढ्ने सम्भावना
भाइटीका दिन कुन कुन स्थानमा हुँदैछ वर्षा ?
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ