दैलेख । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको एसईई परीक्षामा एक १७ वर्षीय किशोर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार न्यौपाने गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।
उनले नियमित एसईई परीक्षार्थी आफ्नो भाइ नाता पर्ने सुनिलको लागि नक्कली परीक्षार्थी बनेका थिए । न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।
‘त्रिभुवन माविमा एक जना नक्कली परिक्षार्थी भेटिएपछि विद्यालयले नै पत्र काटेर पठाएको छ । थप अनुसन्धान भइरहेकोछ’ उनले भने ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते