पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धि बहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सह सचिवमा चनसुबा छन्त्याल, चेत बहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका अनुसार केही सदस्यहरु पछि मनोनित गरिनेछ ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापती तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए । कार्यक्रममा उनले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
उनले फरक प्रसंगमा उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको बताए । उनले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताएका हुन् । ‘यसको जवाफ आममत दाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उनले भने, ‘भन्नुपर्ने कुराहरु धेरै छन् । यसको जवाफ समयले पनि देला ।’
उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताए ।
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न संविधान संशोधन गर्नु पर्ने, आदिवासी जनजातिको अधिकारलााई नेपालको संविधानको मौलिकहकमा राख्नु पर्नेमा उनको जोड थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताए । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यै देखि गरिरहेको उनको भनाइ थियो । ‘जनजातिहरुमा खुल्लापन छ । त्यो भनेकै प्रजातन्त्र हो,’ उनले भने, ‘उनीहरुले आदिमकालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्र बिच पहिल्यै देखिको सम्बन्ध छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेका गण्डकी सभापती शुक्रराज शर्मा, कास्कीका सभापती किशोर दत्त बराल, प्रदेश सभा सदस्यहरु बिमला गौचन, सरस्वती गुरुङ, जीत शेरचन, जीत प्रकाश आले, तमु संघ नेपालका अध्यक्ष भुवन सिंह गुरुङ, महासंघ कास्की अध्यक्ष आश बहादुर गुरुङ लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्ने बताएका थिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते